स्याङ्जा अस्पतालका ७१ जनाको कोरोना रिपोर्ट नेगेटिभ , आजैबाट सेवा सूचारु
भवानी अधिकारी/स्याङजा : कन्ट्याक्ट ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पीसीआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै गत मंगलबारदेखि अस्पताल सिल गरिएको छ।
कारागारमा बस्दै आएका ६० वर्षीय ती पुरुषमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन संचालक, सुरक्षाकर्मी लगायतको कन्ट्याक्ट ट्रेसिङपछि गरिएको ७१ जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेनडेण्ट डा. शुशिल मरासीनीले जानकारी दिए ।
सेल्फ क्वारेन्टाइनमा बसेका ७१ जनाको नमूना स्वाब संकलन गरी प्रादेशिक कार्यालय पोखरा पठाइएकोमा आइतबार साँझ उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालको निर्मलीकरणसहित सम्बन्धित चिकित्सक टोलीलाई सेल्फ क्वारेन्टाइनमा बस्नेगरी एक साताका लागि सिल गरिएको थियो। मंगलबार समयावधि सकिने भएपनि सोमबारदेखि नै सेवा उपलब्ध गराइने अस्पतालका प्रवक्ता डा. अन्जु अर्यालले जानकारी दिइन् ।
कैदीबन्दीमा कोरोना पुष्टिको खबर सार्वजनिक भएपछि स्वास्थ्य सुरक्षाका लागि भन्दै साउन २ देखि ८ गतेसम्मका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पताल सिल गर्ने निर्णय गरेको थियो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


