नेपाल महिला संघको ७३ औं स्थापना दिवसको शुभकामना

 २४ श्रावण २०७७, शनिबार २०:०१   | बिचार /लेख

नेपाल महिला संघको ७३ औं स्थापना दिवसको शुभकामना

कल्पना तिवारी :

एकतन्त्रीय जहानीया राणा शासनको वेला नेपाली जनताको मुक्तीको चाहनालाई चरितार्थ गराउन जननायक बिश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली काँग्रेस पार्टीको जन्म भएको थियो । यही प्रजातान्त्रिक विचारलाई स्थापित गर्ने २००४ साल साउन २४ गते नेपाल महिला संघको स्थापना भएको हो । महिलाहरुको स्वतन्त्रता, स्वाधीनता र उन्मुक्तिको लागि सशक्त आन्दोलन गर्ने महान उदेश्य राखेर राष्ट्रनिर्माण, समाज रुपान्तरण, मानवीय सशक्तीरकण जस्ता समस्याहरुमा महिला र पुरुष विचको असमानता अन्त्य गर्दै महिला पुरुष एक भएर काममा नलाग्ने हो भने एक हातले ताली बज्दैन भने जस्तै देश निर्माणका लागि महिला पुरुष एक रथका दुई पांग्र महशुस गर्दै राष्ट्रिय स्वाधीनता र समाज रुपान्तरणको आवस्यकतालाई पुरा गर्न नेपाल महिला संघका संस्थापक सभापती स्व. मंगलादेवी सिंह, दिव्या कोइराला, योगमायादेवी, लक्ष्मीदेवी, तुलसा शर्मा, मलवादेवी, द्धारिकादेवी चन्द ठकुरानी, शैलेजा आचार्य, नोना कोइराला आदी अग्रणी महिलाहरु नेपालकाे प्रजातान्त्रिक आन्दोलनलाई उचाई दिन उहाँहरुले महत्वपूर्ण योगदान दिनुभएको छ ।

त्यसैको परिणाम स्वरुप नेपालमा भएका जतिपनि प्रजातान्त्रीक आन्दोलन तथा महिला मुक्ती र स्वतन्त्रताको आन्दोलनमा नेपाी महिलाहरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । महिला अधिकार र स्वतन्त्रता प्राप्तिका लागि योगदान दिनुहुने र नेपालको प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताको विगुल फुक्ने तिनै विरंगना स्वर्गिय नेताज्यू हरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाल महिला संघको स्थापना दिवसको अवसरमा सम्पूर्ण महिला दीदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा महिला मुक्तीको आन्दोलनको स्वरुप धारण गरेको आज ७३ वर्ष पुगेको छ । यो विचमा धैरै संघर्षहरु भए तिनै संघर्षका कारण मुलुकमा धेरै परिवर्तनहरु आए । आन्दोलनकै कारण कति व्यवस्था परिवर्तन हुँदै आएका छन् ।

पछिल्लो जनआन्दोलनवाट मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा छौं । समाजवादको सिद्धान्तमा आधारित यो राज्य व्यवस्था स्थापित गराउन हजारौं शहिदले वलीदानी गरेका छन् । हजारौं नारीहरुको सिंदुर पुछिएको छ, कति महिलाहरुको काख रित्तिएको छ, सयौं नारीहरु अहिले पनि भिन्न क्षमता अपांग जीवन जिउन वाध्य भइरहेका छन् ।

यो पनि पड्नुहोस..  विप्लव कार्यकर्तालाई अदालतले छाड्यो, प्रहरीले फेरी समात्यो ।

रह्यो कुरा हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक राज्य व्यवस्था जसको मर्म र भावना अनुरुप अहिले तिन तहको सरकार क्रियाशिल रहेको छ । लोकतान्त्रिक शासन व्यवस्थामा जनताद्धारा निर्वाचित जनप्रतिनिधीले तिनैवटा तहहरुमा शासन व्यवस्था सन्चालन गरिएको छ । नेपालमा संघीय लोकतान्त्रिक संविधान निर्माण गरी कार्यन्वयनको चरणमा रहेका वेला अहिले वर्तमान राज्य सत्तावाट नेपाली नारीहरुमाथी हत्या हिंशा र वलत्कार जस्ता जघन्य अपराधहरुलाई प्रशय दिइरहेको छ । लोकतन्त्रमा न्याय हराएको महशुस नेपाली नारीहरुले गर्न वाध्य छन् । यसको ज्वलन्त उदाहारण कन्चनपुरकी निर्मला हत्याकाण्ड छ ।

निर्मला १३ वर्षकी वालिका उनीमाथिको जघन्य अपराधलाई नेपाल सरकारका उच्च तहका कर्मचारीवाट पनि आफ्नै परिवारलाई निर्मम र कायरतापूर्वक हत्या हुँदा पनि अपराधीहरु विभिन्न बहानामा उन्मुक्ति पाईरहेका छन् यो लोकतन्त्रको भावना विपरित छ । आज पनि नेपाली महिलाहरुले लडेर ल्याएको व्यवस्थामा पनि महिलाहरु निर्मला पन्त जस्ता हजारौ नेपाली महिलामाथि जघन्य अपराधहरु घटीरहेका छन् । यस्ता सयौं घटनाहरु घटदा राज्यले विभिन्न बहानामा अपराधीहरुलाई उन्मुक्ति दिइरहेको छ । लोकतान्त्रिक राज्यको दायीत्व र कर्तव्यवाट वर्तमान राज्यसत्ता सम्पूर्ण कानुन आफ्नो कव्जामा लिएर अपराधीलाई उल्टै भरण पोषण गरिरहेको छ । दुई तिहाईको दम्भमा रहेको वर्तमान राज्यसत्ताका कारण देशमा न्याय मरेको छ । यो सरकार भ्रष्टाचार वेथिती र काण्डै काण्डका विचमा रुल्मलिएका कारण न समृद्धि न लोकतन्त्रको आभाष नेपालीले पाउन सके ।

सरकारको अक्रमन्यताकै कारण वर्तमान लोकतन्त्र धरापमा परेको नेपालीले महशुस गर्न थालिएको छ । फेरी यस किसिमको राज्य सत्ताको विकृति र नेपाली जनताको वलीदानीले ल्याएको लोकतन्त्रको रक्षाका निम्ति फेरी वर्तमान राज्य सत्ताको विरुद्ध आन्दोलनको आवश्यकता छ ।

तसर्थ यो भ्रष्ट सरकारका विरुद्ध नेपालीहरु एकजुट भएर लडाई लडन सम्पूर्ण दिदिबहिनीहरु तयार हुन आवश्यक छ । पुन न्यायको निम्ति, लोकतन्त्रको रक्षाको निम्ति र संविधानको रक्षाको निम्ति अन्तिम लडाई अव धेरै टाढा छैन ।

यो पनि पड्नुहोस..  अब प्रेमी-प्रेमिकाको च्याटमा पनि सरकारले ब्ल्याकमेल गर्नेछ !

शान्ति, अहिंसा र न्यायको वातावरण सुनिश्चित गराउन असफल भएमा देशको राजनीतिक परिवर्तनले स्थायित्व पाउन सक्नेछैन । न्यायको सुनिश्चितताले मात्र दिगो शान्तिको वातावरण निर्माण गर्दछ । अनिमात्र अहिंसाको महत्व र सान्दर्भिकता स्थापित हुनसक्छ । तसर्थ महिला आन्दोलनको इतिहासले राष्ट्रले, राष्ट्रियता, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा पु¥याएको योगदान को कदर गर्दै नेपाल महिला संघको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना दिन चाहन्छु ।

लेखक : नेपाल महिला संघ स्याङ्जाकी अध्यक्ष हुनुहुन्छ ।

Facebook Comments

अन्तिम अपडेट: २४ श्रावण २०७७, शनिबार २०:०१





-->