चापाकोटको किसान प्राविधिक शिक्षालयमा गैह्रेको हाजिरीसँगै स्थानीबासीमा खुशी, नगरप्रमुख गिरिले गरे स्वागत ।
दिवस भण्डारी /स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिका वडा न.१० किसानस्थित रहेको किसान प्राविधिक शिक्षालयमा नयाँ शिक्षालय प्रमुखका रुपमा मणिप्रसाद गैह्रे हाजिर भएका छन् । आज चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरिले गैह्रेलाई किसान प्राविधिक शिक्षालयमा स्वागत गरेका हुन् ।
स्वागतको क्रममा नगरप्रमुख गिरिले किसान प्राविधिक शिक्षालय चापाकोटको गहना भएको र यो शिक्षालयमा भोलिका देशका कर्णधार उत्पादन गर्ने जिम्मेवारी तपाईको हातमा भएको भन्दै मणिप्रसाद गैह्रे समक्ष मिलेर काम गर्न अनुरोध गरेका थिए ।
नयाँ जोश र जागरका साथ किसान प्राविधिक शिक्षालय प्रवेश गरेको र सबैसँग हालेमालो गर्दै अगाडि बढ्न आफु इच्छुक रहेको गैह्रेले बताएका छन् ।
सीटीईभीटी अन्तरगतको आङ्गिक शिक्षालय अन्तरगत रहेको किसान प्राविधिक शिक्षालयको प्रमुखमा गैह्रे हाजिर भएसङ्गै स्थानीयबासीमा अब शिक्षालयले मुहार फेर्ने भयो भन्दै हर्षित भएका छन् ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…



