चापाकोटको किसान प्राविधिक शिक्षालयमा गैह्रेको हाजिरीसँगै स्थानीबासीमा खुशी, नगरप्रमुख गिरिले गरे स्वागत ।

दिवस भण्डारी /स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिका वडा न.१० किसानस्थित रहेको किसान प्राविधिक शिक्षालयमा नयाँ शिक्षालय प्रमुखका रुपमा मणिप्रसाद गैह्रे हाजिर भएका छन् । आज चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरिले गैह्रेलाई किसान प्राविधिक शिक्षालयमा स्वागत गरेका हुन् ।
स्वागतको क्रममा नगरप्रमुख गिरिले किसान प्राविधिक शिक्षालय चापाकोटको गहना भएको र यो शिक्षालयमा भोलिका देशका कर्णधार उत्पादन गर्ने जिम्मेवारी तपाईको हातमा भएको भन्दै मणिप्रसाद गैह्रे समक्ष मिलेर काम गर्न अनुरोध गरेका थिए ।
नयाँ जोश र जागरका साथ किसान प्राविधिक शिक्षालय प्रवेश गरेको र सबैसँग हालेमालो गर्दै अगाडि बढ्न आफु इच्छुक रहेको गैह्रेले बताएका छन् ।
सीटीईभीटी अन्तरगतको आङ्गिक शिक्षालय अन्तरगत रहेको किसान प्राविधिक शिक्षालयको प्रमुखमा गैह्रे हाजिर भएसङ्गै स्थानीयबासीमा अब शिक्षालयले मुहार फेर्ने भयो भन्दै हर्षित भएका छन् ।
.
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…