कांग्रेस नेता पंगेनीको स्मरणमा दिप प्रज्वलन

भवानी अधिकारी/स्याङजा:
नेपाली कांग्रेस स्याङजाका तत्कालिन सभापति एवं संबिधानसभा सदस्य कमलप्रसाद पंगेनीको दोश्रो बार्षिक पुण्यतिथी पारेर भीरकोटमा दिपप्रज्वलन गरिएको छ ।
नेपाल बिद्यार्थी संघ भीरकोट नगर कार्य समितिको आयोजनामा मंगलबार साँझ भीरकोट नगरपालिका १ बयरघारीमा मैनबत्ती बालेर उहाका योगदानका बारेमा चिन्तन मनन् गरिएको थियो ।
दिपप्रज्वलन गर्दे कांग्रेस नेता छायाँराम खनालले पंगेनीको निधनले स्याङजाले मात्र नभई मुलुकले नै एउट सक्षम राजनीतिज्ञ गुमाएको बताउदै उहाले देखाएका बाटोमा हिडे सफलतामा पुगिने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति तोयनाथ अर्याल, महिला नेतृ सीमा कर्माचार्या, तरुण दलका क्षेत्रीय सभापति दिपेन्द्र केसी लगायतले पंगेनीका योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
नेविसंघ नगर सभापति लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन बिद्यार्थी नेता सुनिलबाबु चापागाईले संचालन गर्नुभएको थियो ।
पंगेनीको ५५ बर्षको उमेर ह्दयघातका कारण निधन भएको हो । भीरकोट नगरपालिका १ बयरघारी आफनै कोठामा सुतेका अवस्थामा स्वास्थ्यमा असहज भएको जानकारी गराएपछि उनका परिवारले हेलुमा कालिका सामुदायिक अस्पतालमा पु¥याए पनि उपचारका क्रममा उहाको निधन भएको थियो ।

.


नेपाली कांग्रेस स्याङ्जाको तीन पटक जिल्ला सभापति भएका पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ वाट निर्वाचित सदस्य हो । बि.सं. २०३३ सालमा नेपाल बिद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका पंगेनी २०४२ सालमा केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिको सहसचिव हुदै तीन पटक (२०६०, २०६७, २०७२) सम्म जिल्ला सभापति हुनुभयो । बि.स. २५३ मा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र २०५६ मा पश्चिमाञ्चलको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
स्थानीय निर्वाचन २०४९ र २०५४ पछि जिल्ला विकास समितिमा इलाका सदस्य भएका थिए । पंगेनी २०६४ सालको संबिधानसभा निर्वाचन क्षेत्र नं. १ वाट र २०७४ को प्रदेशसभा १ (क) बाट भने पराजित भएका हुन ।

Facebook Comments Box
TOP