कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास।

आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु भएको छ । कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ गहलाममा बन्न लागेको भवनको आज गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले शिलन्यास गर्नु भएको हो । भवनको शिलन्यास गर्दै अध्यक्ष थापाले भवनको निर्माण कार्य समयमै सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।
सात करोड ७० लाख ९७ हजारको लागतमा निर्माण हुन लागेको भवन निर्माणको जिम्मा भने श्याम सुन्दर निर्माण सेवा कम्पनी, बानेश्वर काठमाडौले पाएको छ ।

.

निर्माण सम्पन्न भए पछि पालिकाको भवन यस्तो बन्ने छ ।


गाउँपालिकाको भवन २०७८ को असोज महिना सम्ममा निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो
कालीगण्डकी गाउँपालिकाको आफ्नै भवन नहुँदा हाल बिर्घा कट्टीमा रहेको साविकको गाविस भवनबाट सेवा दिइरहेको छ ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष साबित्रा कोईराला,प्रमख प्रशासकीय अधिकृत झबिश्वर रेग्मी, निर्माण व्यवशायी याम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।

.

गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा
गाउँपालिकाका उपाध्यक्ष साबित्रा कोईराला
निर्माण सम्पन्न भए पछि पालिकाको भवन यस्तो बन्ने छ । तस्वीर – गाँउपालिका कार्यालय
Facebook Comments Box
TOP