सर्वाहारा भनिएका कम्युनिस्ट सरकारलाई कस्तो खतरा छ,डाक्टर केसीबाट ?

विराज मानन्धर :
एकाबिहानै आँखा मिच्दै उठे चार्जमा रहेको मोबाइल समाते अनि फेसबुक खोले सायद धेरै नेपालीको पहिलो काम हो यो उठ्ने बित्तिकैको। केहिदिन अघिमात्रै लाईक गरेको Dr.GovindaKc पेजमा एउटा पोष्ट देखे त्यो पोष्ट अघिल्लाे बेलुका करिब ८:३५ को थियो। त्यहाँ लेखिएको थियो `गरिब,दुखी र बिकट ठाउँमा निशुल्क उपचार गर्न देशको कुना कन्दरा पुग्ने क्रममा आज जुम्ला पुग्दा प्रहरी प्रशासनले अपमान,दमन र दादागिरी गरेको छ।´ मन पोल्यो, आशु टिल्पिलियो पुरुष भएपनि थोरै भावुक छु अनि सम्हाले आफुलाई र दुईचार कुरा लेख्ने प्रणका साथ कलम समाए। कुनै राजनीतिक पार्टीकाे सक्रिय कार्यकता भएतापनि सर्वप्रथम एक साधारण नेपाली नागरिकको हैसियतले सोचे आखिर के खतरा रहेछ सर्वाहारा भनिएका र कहलिएका कम्युनिस्टहरूलाई यी डाक्टरबाट? सोचाई थोरै खरो हुनसक्छ तर वास्तविकता यहि हो।
प्रहरी प्रशासन भनेको कानुनको रक्षक हो जसले सरकारको उच्च पदस्थ व्यक्तिहरुको आदेशलाई शिरोधार्य गर्नैपर्छ चाहे त्यो काम नराम्रो नै किन नहोस्। शक्ति र सत्ताको आडमा दिइने त्यस्ता आदेशको पालना नगरेको खण्डमा सरुवा लगायत कारबाहीको भागिदार बन्नुपर्छ,बढुवामा रोक्का गर्नसक्छन्।त्यतिमात्र हैन कहिकतै जिम्मेवार व्यक्तिको मुक्कामुक्की पनि सहिरहेकै छन्। यस्ता खाले धेरै घटनम प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सबैले देखेको सुनेकै हुनुपर्छ। यहाँ पनि त्यही भयो प्रहरीले आदेश अनुसारको काम गर्यो बोल्ने शब्द छैन भक्कानिदै बोलिरहेछन् प्रहरी अधिकृत। सायद प्रहरीलाई पनि लाज लाग्दो हो मन पोल्दो हो माफिया र भ्रष्टाचारीलाई सलाम ठाेक्नुपर्दा अनि निश्वार्थ सेवामा लम्किएको राष्ट्रसेवकको पाइला रोक्नुपर्दा।
डाक्टर केसी मान्छे मार्ने हतियार बोकेर हिडेका अपराधी हैनन आफ्नो ज्यानको बाजि लगाएर आफ्नो भएभरको सम्पति दुःखी गरिब जनताको घाउमा मलम लगाउदै कयौं नेपालीको जीवनरक्षा गर्न प्रण गरेर हिड्ने महान व्यक्ति हुन्। अपराधी त्यो हाे जसले उसको जनसेवाको पाइलालाई रोक्न प्रहरी प्रशासनलाई आदेश दिन्छ र आफु मस्त सत्ताको निद्रामा लठठ् छ। इतिहासमै कालो धव्वा बनेर प्रस्तुत भएको अहिलेको कम्युनिस्टहरु असली रुप यहि हो सायद यहाँभन्दा कति तलसम्म गिर्न सक्छन् हेर्न बाकी छ।
.

मान्छे मारेर परिवर्तन आउँछ भनेर जंगल छिरेकाहरुको प्रवृति अझैपनि सुधारिएकाे छैन ।बनिसकेको र बन्दै गरेको विद्यालय,स्वास्थ्य चौकी लगायतको संरचनामा बमबारुद बर्षाएर ध्वस्त पारेकाहरु जीवनमरणको दोसाँधमा बाँचिरहेका जनतालाई बचाउनुको साटो जनसेवामा लम्कीहरेको पाइला रोक्दैगर्दा कत्तिपनि लाज मान्दैन उल्टै गर्व गर्छ।
के यहि हो कम्युनिस्टहरूले भनेको गणतन्त्र ? के यहि हो नागरिक स्वतन्त्रता? टाउको काटेर परिवर्तन आउँछ भन्ने माथि डाक्टर केसी कसरी खतरा बन्दैछ?सरकार जवाफ चाहिन्छ। यदि यो गणतन्त्रले निश्वार्थ सेवा गर्न पाइदैन भन्छ भने संविधान संशोधन गरेर नयाँ कानुन बनाउ र लेख `जबसम्म कम्युनिस्ट सरकारमा रहन्छ तवसम्म कम्युनिस्ट नेता कार्यकर्ता बाहेक अरुले बोल्न लेख्न र निश्वार्थ सेवा गर्न पाउदैन´ कानुनले नदिने कुरा नगरौला नलेखौला। नत्र होइन भने निस्वार्थ सेवा गर्नेलाई गर्न देउ सहयोग गर प्रोत्साहन गर।
डाक्टर केसीको जनसेवाको यात्रामा यो पहिलो रोकावटको घटना हैन बारम्बार उसको जनसेवालाई रोक्ने प्रयास गरिएको छ तरपनि उनको त्यो पाइला रोकिएको छैन।यो आट,यो सहास अनि यो राष्ट्रप्रेमको भावनालाई हृदयदेखि सलाम गर्छु। यो रवैया,यो प्रवृति र यो राज्य आतंक विरुद्धको अन्तिम लडाइँ र अन्तिम निकासको लागि नेपाली जनता तयार हुनुपर्छ। नेपालको इतिहासमा अहिलेसम्म भएको आन्दोलनले व्यवस्था परिवर्तन भयो तर प्रवृति परिवर्तन गर्न सकेनौं। एउटा राजा फालेर हजारौं छोटे राजाको उत्पति गर्ने गल्ती हामी नेपालीहरुले नै गरेका हौं। अब यी र यस्ता क्रियाकलाप दोहोरिनु हुदैन। डाक्टर केसी कुनै पार्टीकाे सदस्यता ग्रहण गरेका नेताकार्यकर्ता भएको भए सडकमा टायर बलिसक्थ्यो कयौंको टाउको फुट्न सक्थ्यो तर कुनै शक्ति र सत्ताको स्वार्थविना जनसेवामा लम्किएको पाइला रोकिदासम्म डाक्टर केसीको पक्षमा बोल्ने आवाजहरु कम भएका छन्। हरेक नेपालीले डा.केसीको पक्षमा आवाज उठाउनैपर्छ अब केहि नौलो गर्नैपर्ने बेला भएको छ। डा.केसी जस्ता सादगी,देशभक्त व्यक्तिले राज्यबाट पाएको अपमान र अपहेलनाको हिसाब नेपाली जनताले गर्न आवश्यक छ। उहाँले गरेको सेवाले सरकारलाई पोलेको छ,दलाल,माफियाहरुले लुट्न पाएका छैनन् त्यसैले शक्ति र सत्ताको आडमा प्रहरी लगाएर दमन गर्दैछन्। अवरोध पुर्याउदैछन्। सरकारको यस्तो प्रवृतिको अन्तयका लागि डा.केसी जस्ता व्यक्तिहरु जनसेवाको भावनालाई विचलित हुन नदिई हरेक पाइलामा प्रत्येक नेपालीले साथ र सहयोग गर्न तयार रहनुपर्छ।
देशले व्यवस्थामा परिवर्तनमा पायो तर अब प्रवृतिमा परिवर्तन पाउनुपर्छ। अबको लडाइँ नेपाल र नेपालीको अन्तिम लडाइँ हुनुपर्छ। -हरिनास ६ स्याङ्जा।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…