नयाँ समाज निर्माणमा युवा पुस्ताको भूमिका

shankar aryal

सिए शंकर अर्याल :

यो कस्तो समाज निर्माण गर्दै छौ हामी युवाहरु? आजकल सामाजिक सन्जालको निकै दुरुपयोग भएको महसुस गर्छ । देशमा कुनै पनि कुराको चर्चा चल्ना साथ हामी सामाजिक सन्जालमा हो-हल्ला गर्न पछि पर्दैनौ । हामी एकपल पनि यो सोच्दैनौ कि मिडियामा चलेको कुरामा कत्तिको सच्चाई छ अनि सामाजिक सन्जाल मा पुगेर टिप्पणी गरिहाल्छौ। हामी जस्तो आजको युवाले त कुनै निष्कर्षमा पुग्न अघि सम्पूर्ण जानकारी लिएको हुन पर्दछ ।

नयाँ समाज निर्माण गर्नमा युवा पुस्ताको ठुलो हात हुन्छ भन्छन र म त्यो कुरामा एकदम विश्वास गर्छु कि आजको युवाले चाह्यो भने नयाँ समाज, नयाँ युगको सुरुवात गर्न सक्छ । अहिले हामी हाम्रो समाजको युवा पुस्तालाई हेर्दा हामीलेछाएको समाज बनाउन को लागि अघि बढेको भने महसुस् गर्न सकिन्न । किन यस्तो छ त? कतै युवाले बुजेको बुझाई मा नै गलत त छैन, कतै युवाको नेत्रित्व गलत त छैन, कतै युवालाई जानीजानी गलत गन्तव्य तिर लम्किन पारिएको त छैन? किन कि मेरो बुझाईमा यसरी सामाजिक सन्जालमा फैसला सुनाउने युवा पुस्ताले कुनै नयाँ समाज निर्माण गर्ला भन्ने मलाई लाग्दैन ।

आजको युवाले समाजमा हुनुपर्ने सम्पूर्ण निर्माणको काम देखि विद्यालय संचालन र सिपमुलक काममा स्थानिय सरकारले पुराएको योगदानको छलफल आफ्नो समाजमा गर्न सक्नु पर्छ। स्थानिय सरकारले आफ्नो काम सहि तरिकाले गरेको छ कि छैन, गर्नु पर्ने काम के के हुन्, आगामी वर्ष के कस्ता योजना स्थानिय सरकारले लिएर आउदा समाजमा सोचेको जस्तो परिवर्तन हुन्छ त्यस्तो काम मा एक जुट भएर हरेक ठाउको युवा अघि बढ्नु पर्दछ।

भ्रस्टाचार भयो, नेताहरु काम गरेनन्, कर्मचारी ठिक भएनन्, इत्यादी यस्ता कयौ समाचार दैनिक रूपमा छापिएको र सामाजिक सन्जालमा धेरै युवाहरुले राख्ने गरेको देख्दछु। समस्या सबैलाई हविगत छ, तर यसको समाधान भने आज सम्म हुन सकेन। मेरो गाउँमा एक दिन एक अंकलले भन्नु भयो यो नेताले भ्रस्टाचार गरेछ, करोडौ पैसा खायो अनि त्यहा बसेको अर्को अंकलले सहि हो मैले पनि सुनेको भन्नु भयो तर उही अंकलको एक छोराले सरकारी जागिरगरेको दुई बर्ष नबित्दै पोखरा जस्तो ठाउमा एउटा घर बन्ने जमिन किनिसक्यो जहाँकि उसको कमै महिनाको तिस हजार पनि हुदैन│ आफ्नो आङ्को भैसी नदेख्ने,अरुको आङ्को जुम्रा देख्ने भने जस्तो कुरा भयो। सायद नेताजीको रकम ठुलो थियो र उहाको छोराको कम त्यसैले यस्तो भन्नु भयको हुनसक्छ। हामी कयौ यस्ता युवा छौ जो भ्रस्टाचारको नारा लगाएर हिड्दै गर्छौ अनि सामाजिक सन्जालमा राख्ने गर्दछौ। हामी युवाको घरमा नै भ्रस्टाचार भएको देख्दैनौ, कति युवा छौ पक्कै कसैको हजुरबुवा,हजुरआमा, बुवा, आमा, दाई, दिदि, इत्यादी आजपनि गलत तरिकाले पैसा बनाउनु भएको छ होला त्यो कुराको हिसाब कसले गर्ने?

भ्रस्टाचार मुक्त समाज, भ्रस्टाचार मुक्त देश बनाउनु छ त पहिले सबै युवाहरु ले आफ्नो घर बाट सुरुवात गर्नुहोस् । आजको युवाले कुनै पनि ब्यक्ति उसको समाजमा बस्दछ र त्यो ब्यक्ति भ्रस्टाचारको आरोपमा परेको छ भने त्यस्तो ब्यक्तिलाई समाज बहिस्कार गर्न सक्न पर्दछ। सामाजिक संजालमा रोएर, कराएर हुने होइन अब साचिकै एक जुट हुन पर्छ र हरेक भ्रस्टाचारी लाई समाज बहिस्कार गर्नु जरुरी छ ।

Facebook Comments Box
TOP