वालिङ नपाद्वारा सुन कागती, सुन्तला जातका १३ हजार विरुवा वितरण
तोलाकान्त बगाले/वालिङ:
वालिङ नगरपालिकाको कृषि विकास शाखाद्वारा १३ हजार विरुवा वितरण गरिएको छ । वालिङ नगरपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशन गरी आवेदन संकलन गरेको र प्राप्त आवेदनहरुको अनुगमन गरी १४ वटै वडाका कृषकहरुलाई बिरुवा वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन कागती १ बिजु जातका १३ हजार ६४ वटा बिरुवा ५० प्रतिशत अनुदानमा बुधबार वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरुको माग बमोजिम कागती र सुन्तलाका बिरुवा वितरण गरेका छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “माग भए बमोजिम ५० प्रतिशत अनुदानमा कागती र सुन्तलाका बिरुवा उपलब्ध गराएका हौं ।”
बाँझो रहेको जमिनमा फलफूलका विरुवा लगाएर आर्थिक लाभ लिनका लागि सघाउ पु¥याउने उद्देश्यले बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


