वालिङ नपाद्वारा सुन कागती, सुन्तला जातका १३ हजार विरुवा वितरण

तोलाकान्त बगाले/वालिङ:
वालिङ नगरपालिकाको कृषि विकास शाखाद्वारा १३ हजार विरुवा वितरण गरिएको छ । वालिङ नगरपालिकाको कृषि विकास शाखाले सूचना प्रकाशन गरी आवेदन संकलन गरेको र प्राप्त आवेदनहरुको अनुगमन गरी १४ वटै वडाका कृषकहरुलाई बिरुवा वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन कागती १ बिजु जातका १३ हजार ६४ वटा बिरुवा ५० प्रतिशत अनुदानमा बुधबार वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरुको माग बमोजिम कागती र सुन्तलाका बिरुवा वितरण गरेका छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “माग भए बमोजिम ५० प्रतिशत अनुदानमा कागती र सुन्तलाका बिरुवा उपलब्ध गराएका हौं ।”
बाँझो रहेको जमिनमा फलफूलका विरुवा लगाएर आर्थिक लाभ लिनका लागि सघाउ पु¥याउने उद्देश्यले बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…