वालिङ नगरपालिकाद्वारा अनुदानमा ह्याचरी मेशिन प्रदान

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।
तीन वटा फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेशिन उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा ब्यवसायीको मागलाई ध्यानमा राख्दै ५० प्रतिशत अनुदानमा ३ वटा फर्म तथा सहकारीलाई मेशिन उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
कुखरापालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराईएको बताउनुहुँदै नगर प्रमुख खाँणले भन्नुभयो, प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस् ।
.

पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ह्याचरी मेशिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो ।
ह्याचरी मेशिनको अभावक कारण अण्डा लिएर पाल्पा जानुपर्ने र त्यहाँबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ ।
मेशिनले २२ दिनमा कुखुरा, बट्टाई, लौकात, कालिज लगायतका पंक्षीका अण्डाबाट चल्ला निकाल्न सकिने छ । ३ वटा फरक फरक क्षमताका मेशिनले २२ दिनका दिनमा एक हजार ५६, ३ सय ५२ र २ सय ६४ चल्ला निकाल्न सक्ने छ ।
पशु विकास शाखामार्फत वालिङ ६ को गोविन्दज सन पंक्षी फर्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं. १४ को कृषि सहकारी संस्थाबाट माग भएसँगै अनुगमन गरी वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…