वालिङ नगरपालिकाद्वारा अनुदानमा ह्याचरी मेशिन प्रदान
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।
तीन वटा फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेशिन उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा ब्यवसायीको मागलाई ध्यानमा राख्दै ५० प्रतिशत अनुदानमा ३ वटा फर्म तथा सहकारीलाई मेशिन उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
कुखरापालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराईएको बताउनुहुँदै नगर प्रमुख खाँणले भन्नुभयो, प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस् ।
.

पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ह्याचरी मेशिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो ।
ह्याचरी मेशिनको अभावक कारण अण्डा लिएर पाल्पा जानुपर्ने र त्यहाँबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ ।
मेशिनले २२ दिनमा कुखुरा, बट्टाई, लौकात, कालिज लगायतका पंक्षीका अण्डाबाट चल्ला निकाल्न सकिने छ । ३ वटा फरक फरक क्षमताका मेशिनले २२ दिनका दिनमा एक हजार ५६, ३ सय ५२ र २ सय ६४ चल्ला निकाल्न सक्ने छ ।
पशु विकास शाखामार्फत वालिङ ६ को गोविन्दज सन पंक्षी फर्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं. १४ को कृषि सहकारी संस्थाबाट माग भएसँगै अनुगमन गरी वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


