वालिङ : पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित ठाँउमा सारियो ।
वालिङ :
वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले बताउनुभयो ।
“दलित समुदायको बस्ती रहेको उक्त गाउँका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा सारेका हौं यो दीर्घकालीन नभई अस्थायी हो ।”
वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने संभावित गाउँलाई पूर्व सावधानीस्वरुप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उहाँहरुलाई दीर्घकालीनरुपमा बसोबासको ब्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भईरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भूक्षय जान सक्ने संभावित बस्तीहरुको पहिचान गरी उच्च सतर्कता अपाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
वालिङ नगरपालिकाको वडा नं. १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उहाँहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भईरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
भिरालो जमीनमा कच्ची घरहरु रहेको र वर्षायामको सुरुवातसँगै जमीनमा चिरा पर्ने तथा जमीन भास्सिने समस्याका कारण निकै त्रसित अवस्थामा बस्नुपर्ने बाध्यतालाई नगरपालिकाले सहजीकरण गरेर विद्यालयमा बस्ने ब्यवस्था मिलाएकोमा राहत मिलेको पहिरो प्रभावित प्रकाश परियारले बताउनुभयो ।
“पानी परेको बेला हाम्रो बस्तीमा रहेका कोही पनि राम्रोसँग निदाउन सक्ने अवस्था छैन” पहिरो प्रभावित परियारले भन्नुभयो, “सात घर परिवारका ३० जनाले विद्यालयमा आश्रय लिएका छौं ।”
यस्तो छ गण्डकी प्रदेशमा कोरोनाको अवस्था : निर्देशक डा.विनोद विन्दु शर्मा
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


