वालिङका बंगुरपालक कृषकलाई बंगुरका पाठापाठी बितरण ।

वालिङ :
वालिङका बंगुरपालक कृषकलाई बंगुरका पाठापाठी बितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा बंगुरका पाठापाठी बितरण गरिएको हो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जा प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले किसानहरुलाइ बिँउ पुँजीको रुपमा दिइएको र यस बाट आर्थिक उपार्जन गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, अव हजुरहरु व्यवसायीक बन्नु पर्दछ ।
कार्यक्रममा वालिङ नगर पालिकाका प्रमुख दिलिप प्रताप खाँण, वडा अध्यक्ष ढाकाराम पंगेनी पशु सेवा शाखाका प्रमुख देव कुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
वालिङ नगरपालिका वडा नम्वर ५ का २० जना बंगरपालक कृषकलाई २० वटा उन्नतजातका पाठापाठी बिँउ पुँजीका रुपमा प्रदान गरिएको हो ।

.

Facebook Comments Box
TOP