वालिङ : रोकिराखेको ट्रकमा मोटरसाईकल ठोकियो, एक जना घाईते

वालिङ :
स्याङ्जाको वालिङमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएकान् । सिद्धार्थ राजमार्ग अन्तरगत वालिङ १ त्रियासीमा बयरघारी तर्फ जान लागेको ट्रकमा मोटरसाईकल ठोकिएको प्रहरीले जनाएको छ ।
लु २ ख ८७० नम्वरको ट्रकमा लु ४३ प २५४९ नम्वरको मोटरसाईकल ठोकिदा मोटरसाईकल चालक स्थानीय २५ बर्षका सागर रेग्मी घाईते भएका हुन् ।
उनको ग्रहौं प्राथमिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा लगिएको स्याङजाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP