बिपि स्मृति दिवस पारेर वालिङ १० का नागरिकलाई बिरुवा बतरण


वालिङ :
बिपि स्मृति दिवस पारेर वालिङ नगरपालिका वडा नम्वर १० ले फलफुलका बिरुवा वितरण गरेको छ । नौं वटा टोल रहेको १० नम्वर वडाका सबै टोलमा कार्यकर्ता भेटघाट तथा छलफल गरे पश्चात एक घर दुई बिरुवा अभियानको शुरु गरिएको काँग्रस वडा सभापति नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य शोभा गैहै्र र अर्जुन प्रसाद खनाल,समाजसेवी हिमनिधी पंगेनी,तरुणदल वडा सभापति सौरव सुवेदी, नगर कार्यपालिका सदस्य धनबहादुर कुमाल लगायतले बोलेका थिए ।

.


वडा सभापति नेत्र प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन निशान्त सुवेदीले गर्नु भएको थियो ।
वडावासीलाई तत्कालको लागि एक घर दुई कागती बितरण गरिएको र क्रमश अन्य बिभिन्न जातका बिरुवा पनि बितरण गर्दै लगिने वडा सभापति सुवेदीले जानकारी दिनुभयो । महिला नेतृ कविता तिवारी गैह्रेको सौजन्यमा विरुवा वितरण गरिएको काँगे्रसले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP