भारतको पक्ष लिने सरिता गिरी सांसद र पार्टीबाट निस्कासित
काठमाडौं : प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरेको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो ।
समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो ।
पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताउनुभयो ।
जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो ।
यसबारेमा पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


