पुष्पलाल स्मृति दिवस पारेर स्याङ्जामा रक्तदान : समाजसेवी खाँणले गरे ३९ औं पटक रक्तदान।
स्याङ्जा :
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवस पारेर राष्ट्रिय युवा संघ स्याङ्जाले रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान जीवन दान भन्ने नाराका साथ कोरोना भाइरसको महामारीमा रगतकोकमीलाई न्युन गर्ने उदेश्यले गरिएको रक्तदानमा १६५ युनिट रगत संकलन भएको हो ।
युवा संघले नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त संचारको प्राबिधिक सहयोगमा रगत संकलन गरेको हो ।
संकलित रगत आाफ्नो ब्लड बैकमा रहने र डाक्टरको सिफारिसमा आउने बिरामीलाई उपलब्ध गराउने रक्त संचारका प्रमुख अर्जुन ज्ञवालीले जानाकारी दिनुभयो ।
उहाँले आफ्नो संस्थाको प्राबिधिक सहयोगमा स्याङ्जामा पहिलो पटक सबैभन्दा धेरै रगत संकलन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य सीता कुमारी सुदासले पार्टीका संस्थापक महासचिबको स्मृति दिवसमा गरिएको समाजिक कार्यको सराहना गर्नुभयो ।
उहाँले युवाको एकता पश्चात गरिएको कार्यक्रममले पार्टी एकतालाई थप मजबुत बनाएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे, संंघीय सांसद नारायण प्रसाद मरासिनी, नेकपा गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, पुतलीबजार नगर प्रमुख सिमा कुमारी क्षेत्री, संघका अध्यक्ष थमन गुरुङ्, जिल्ला सदस्य अशोक मरासिनी, मनोज खड्का लगायतले मन्तब्य राख्नु भएको थियो ।
खाणँले ३९ पटक रक्तदान :
वालिङ् नगरपालिका १ रामबाच्छाका ५१ बर्षिय कृष्ण खाणँले ३९ पटक रक्तदान गर्नु भएको छ ।
बिस २०४४ सालबाट रक्तदान गर्न थाल्नु भएका खाणँले ४२ औ स्मृति दिवसमा समेत रक्तादन गर्नु भएको हो ।
कसैको जिवन रक्षा गर्नु सचेत नागरिकको दायित्व रहेकाले हरेक ठाउँमा पुगेर रक्त दान गर्ने गरेको खाणँले बताउनुभयो ।
बर्षमा कम्तिम एक पटक र धेरैमा तिन पटक सम्म रक्तदान गरेको खाणँले बताउनुभयो । यस्तै आँधीखोला ३ का ४१ बर्षीय बिश्व पौडेलले २७ औ पटक रक्तदान गर्नु भएको छ ।
अस्पतालमा समेत माग हुदाँ रक्तदान गरेको बताउदै पौडेलले पुष्पलाल स्मति दिवसमा मात्रै १७ पटक रक्तदान गरेको बताउनुभयो ।
उहाँले पुष्पलाल स्मृति दिवसमा २०५९ सालबाट दुई बर्ष बाहेक हरेक बर्ष रक्तदान गर्ने गरेको बताउनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


