रेडियो आँधीखोला परिसरमा चौतारी निर्माणका लागी वरपिपल रोपियो

कला राना/वालिङ:
रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ को परिसरमा चौतारी निर्माणका लागी बृक्षारोपण गरिएको छ । एकादशी तथा साउने सक्रान्तीका अवसरमा रेडियो परिसरमा वर, पिपल र स्वामीका विरुवा रोपण गरिएको हो । रेडियो सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले यसअघि रेडियो परिसरमा कागती तथा टिमुरका विरुवा समेत रोपण गरिसकिएको भन्दै बजार भन्दा केहि उच्च भागमा रहेको रेडियो परिसर प्राकृतिक सौन्दर्यताले समेत भरिपुर्ण रहेको बताउनुभयो । धार्मिक रुपमा समेत पिपल महत्वपुर्ण बृक्ष रहेको भन्दै यसको वैज्ञानिक दृष्टिकोणले समेत उत्तिकै महत्वपुर्ण रहेकोले यसको संरक्षणमा जुटेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
.

पछिल्लो समय आधुनिकतासंगै चौतारी हराउँदै गएको भन्दै यसको संरक्षण र प्रर्वद्धनका लागी समेत चौतारी निर्माणका लागी बृक्ष रोपण गरिएको उहाँले बताउनुभयो । रेडियो सञ्चालक समिति सदस्य शान्ता थापाले आफ्ना स्व. श्रीमान श्यामराज थापाको स्मृतिमा चौतारी निर्माण गर्नुहनेछ । स्व. श्रीमान थापाको २५औँ स्मृतिका अवसरमा तथा छोरीको समुज्जवल भविष्यका लागी वर, पिपल र स्वामीमा चौतारी निर्माण गरिने सदस्य थापाले बताउनुभयो । पितृको सम्झनाका साथै पुरानो चौतारीको संरक्षण समेत हुने भएकाले वरपिपल, स्वामीमा चौतारी निर्माण गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो । बृक्षारोपण कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, संस्थापक, निर्वतमान अध्यक्ष, लेखा समितिसहित कर्मचारीको समेत सहभागिता रहेको थियो । जिल्लाकै पहिलो सञ्चार माध्यमको रुपमा स्थापित रेडियो १०५.४ मेगाहर्जबाट प्रदेश नं. ४ र ५ का जिल्लाहरुमा सुन्न सकिन्छ भने अनलाईन www.radioandhikhola.org मा सुन्न र स्थानीय समाचार पढ्न सकिन्छ । रेडियोबाट दैनिक १८ ज्ञान सूचना र मनोरञ्जनका कार्यक्रमहरु प्रसारण हुँदै आएको छ ।
.

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…