पूर्वमन्त्री जोशीलगायत तीन जना कांग्रेसबाट निस्काशित।

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन्।
नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।
जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस अघि उनीहरुसँग स्पष्टिकरण सोधिएको थियो।
३ दिनको म्याद राखि अन्तिम पटक सोधिएको स्पष्टिकरण पनि चित्तवुझ्दो नभएको अनुशासन समितिले जनाएको छ ।
जोशीले गत निर्वाचनमा तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
यस्तै पूर्वमन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ। यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ।
विज्ञप्ति यस्तो छ-

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…