प्रदेश सांसदको तलव रोकेर स्थानीयतहलाई रकम उपलव्ध गराऔंं : उपनेता श्रेष्ठ


पोखरा :
नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका उपनेता एबं सांसद मेखलाल श्रेष्ठले प्रदेश सांसदहरुको सेवासुबिधालाई केही समय स्थगित गरेर भएपनि स्थानीयतहलाई रकम सहयोग गर्न माग गर्नु भएको छ । प्रदेशसभामा बोल्दै उपनेता श्रेष्ठले भन्नुभयो,“प्रदेश सरकारलाई रकम आवश्यक्ता छ भने प्रदेश सभासदहरुको तलव केही समय सम्मका लागि जुन बेला कोभिड १९ को मारमा जनता पर्दछन् त्यो बेला सम्म सेवासुबिधाहरु संसदबाट नै निर्णय गरेर स्थगित राखोस भन्ने प्रस्ताव गर्दछु ।”
सांसद श्रेष्ठले कोरोना रोकथामका लागि स्थानीयतहले खेलेको भूमिका निक्कै प्रशंसनिय रहेको बताउनु भयो । सेवासुबिधा रहित अवस्थामा पनि स्थानीयतहका जनप्रतिनिधी निक्कै खटेका छन् भन्दै नेता श्रेष्ठले भन्नुभयो,“स्थानीयतहका पदाधिकारीलाई सेवासुबिधाको तत्कालै व्यवस्था गरौं”
उपनेता श्रेष्ठले प्रत्येक स्थानीयतहलाई तत्कालै ५० लाखका दरले रकम दिन र कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीयतहले गरिरहेको प्रयासमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह समेत गर्नुभयो ।

Facebook Comments Box
TOP