वालिङको सिंगाे दलित वस्ती पहिरोको उच्च जोखिममा

वालिङ नगरपालिका वाड नं १३ स्थित कुसुण्डेका ३२ घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । केही दिन यता लगातार वर्षाका कारण कुसुण्डे दलित वस्तीको ठाँउ ठाँउमा जमिन चर्किएर धाँजा फाटेपछि अहिले पुरै गाँँउ पहिरोको उच्च जोखीममा परेको हो ।
भौगोलिक हिसावले भिरालो जमिनमा रहेको उक्त गाँउमा केही दिन अघि ३ दिन निरन्तर परेको पानीका कारण धाँजा फाँटेको स्थानवाट पहिरो गएपछि कुसुण्डेका झण्डै दुई सय परिवार घर छाडेर सुरक्षित स्थानमा गएर दिन रात विताउन वाध्य भएका छन् ।

निरन्तरको वर्षाका कारण गएको पहिरोका कारण पाँच घर विस्थापित भइसकेका छन् । पहिरोको जोखिम वढदै गएपछि सिंगो गाँउलाई स्थानान्तरण गर्न माग गर्दै गाँउवासी वालिङ नगरपालिकामा निवेदन दिएका छन् ।
“पानी पर्नासाथ पहिरो झर्न सुरु हुन्छ, स्थानीय आमा समुहकी अध्यक्ष पवित्रा सार्की भन्छिन, “पुरै गाँउ बग्ने चिन्ताले राती निन्द्रा समेत लाग्न छोडेको छ ।” एकदमै भिरालो र कमजोर रहेकोले जतिवेला पनि गाँउनै पहिरोको चपेटामा पर्न सक्ने भएकाले पानी पर्ना साथ निद्रा नपर्ने र सुरक्षित स्थानको खोजि गर्न वाध्य भएको पवित्राले वताईन ।
जमिन चर्किएको र धाजा फाटेको कारण ठुलै पहिरो लाग्ने होकी भन्ने चिन्ताले गाँउवासिलाई पिरोल्न थालेको छ । पहिरो नियन्त्रण एवम रोकथाम गर्नका लागि भौगोलिक हिसावले कुनै पनि सम्भावना नरहेको स्थानिय बताँउछन ।

पहिरोको जोखिमवाट केही घर विस्थापित भएको खवर थाहा पाएपछि नगर वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण सहितको टोलिले उक्त स्थानको निरिक्षण गरिसकेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दै नगर प्रमुख खाँणले उक्त जोखिममा रहेको वस्ती सार्नको लागि विकल्प खोजि गरेको वताएका छन ।
विगतदेखिनै पहिरोको जोखिममा रहेको उक्त वस्ती स्थानान्तरणको माग गर्दै आइरहेको र आफूहरु संग कुनै विकल्प नभएपछि सरकारी मुख ताक्दै आइरहेका कुसुण्डेका ३२ घर परिवार यसवर्ष केही दिन अगाडीको निरन्तरको वर्षाले ५ घरमा पहिरोले क्षति पुर्याएपछि थप त्रसित बनेका छन् ।
क्षति पुगेका पाँच घर परिवार भने गाँउकै सुरक्षित स्थानमा अस्थाई टहरा निर्माण गरेर रात विताइरहेका छन् । जोखिममा रहेका २६ घरका ३२ परिवार झण्डै २ सयको जनसंख्या रहेको उक्त गाँउलाई सुरक्षित स्थानमा नसार्ने हो भने जुनसुकै समय ठूलो क्षति वेहोर्नुपर्ने पर्ने स्थानीयहरुको भनाई छ । (हिमदुत)
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…