वालिङ काठमाडौं सम्पर्क समितिद्वारा एक लाख प्रदान

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद प्रदान गरेको छ ।
वालिङ नगरपालिकामा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका वालिङ काठमाडौं सम्पर्क समितिद्वारा रकम संकलन गरी नगरपालिकाको राहत कोषमा उपलब्ध गराईएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।
विश्व समुदाय कोभिड १९ को महामारीसँग जुधिरहेको बेला वालिङ नगरपालिकाले कोभिड १९ को ब्यवस्थापनका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरिएको कोषाध्यक्ष पंगेनीले बताउनुभयो ।
कोभिड १९ बिरुद्धको नगरपालिकाको अभियानमा वालिङ काठमाडौं समितिले रकम उपलब्ध गराएर ठूलो सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गर्नुहुँदै प्राप्त रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी झण्डै ६१ लाख संकलन भएको छ ।
.
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…