वालिङ उद्योग वाणिज्य संघले भन्यो,’जेठ २५ भित्र कर बुझाउनै पर्ने सुचनाले व्यवशायीलाई पीडित गरायो’।


आँधीखोला खबर :
वालिङ उद्योग वाणिज्य संघले जेठ २५ भित्र नै कर बुझाउन पर्ने सुचनाले व्यवशायी पीडित र निरुत्साहित भएको जनाएको छ । आज एक प्रेस बिज्ञप्ती निकालेर संघले कर तथा विवरण दाखिला गर्न भनी गरेको ताकेताले व्यवसायीहरु निरुत्साहित बनेका । अ जनाएको हो संघले नेपाल सरकार तथा राजश्व विभागको उक्त सूचना पुनर्विचार गरी लकडाउनको अवधि सकिएपश्चात मात्र विवरण तथा कर बुझाउन सकिने गरी संशोधन गर्न माग समेत गरेको छ ।
संघका अध्यक्ष शोभाकान्त पौडेलद्वारा जारी बिज्ञप्तीमा ‘नेपाल सरकारले भरखरै प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवम् आगामी आर्थिक बर्षको बजेटमा उद्योगी व्यवसायीहरुका मागहरुलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको आरोप लगाईएको छ त्यस्तै नीति तथा कार्यक्रम एवम् बजेट औषत खालको प्रस्तुत भएका कारण उद्योगी व्यवसायीहरु उत्साहित बन्न सकिरहेका छैनन्’ भनिएको छ । लकडाउनका कारण व्यवसायीहरु बैंक कर्जाको साँवा–ब्याज, घरभाडा, कर्मचारीहरुको व्यवस्थापन, स्टक रहेको सामानमा भएको क्षतिलाई सहन गर्दै अगाडि बढिरहेको परिस्थिति रहेको संघले जनाएको छ ।
बिज्ञप्तीमा भनिएको छ, ‘२०७६ पौष महिनादेखि चीनको वुहान शहरमा देखा परेको कोरोना कोभिड १९ भाईरस वर्तमान समयसम्म विश्वव्यापी रुपमा फैलिई लाखौंको संख्यामा सङ्क्रमित र मानिसहरुको मृत्यु भईसकेको र छ । विश्वव्यापी रुपमा फैलिई रहेको यस भाईरसबाट नागरिकलाई सुरक्षित राख्न गतबर्षको चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउनको घोषणा गरेको र अहिले पनि मुलुक पूर्णरुपमा बन्दाबन्दीको अवस्थाबाट अगाडि बढिरहेको छ । लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुनुका साथै आर्थिक गतिविधिहरुमा पूर्ण प्रभाव परेको स्थितिमा आन्तरिक राजश्व विभागबाट नेपाल सरकारको निर्णय भन्दै यही जेष्ठ २५ गतेभित्र मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अग्रिम आयकरको विवरण र कर बुझाउन भनी प्रकाशित सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुलुक पूर्णरुपमा बन्दाबन्दीको अवस्थामा रहेको र उद्योग व्यापार व्यवसाय लगायतका व्यवसायिक क्षेत्रहरुले आफ्ना गतिविधिहरु सूचारु गर्न नपाएको अवस्था छ ।’

.

Facebook Comments Box
TOP