विकास निर्माणमा साझा जिम्मेवारीसहित अगाडि बढौं : विधायन सभापति रेग्मी

तोलाकान्त बगाले/वालिङ:
गण्डकी प्रदेश सरकारका विधायन समिति सभापति एवं प्रदेश सांसद मोहनप्रसाद रेग्मीले विकास निर्माणमा साझा जिम्मेवारीसहित अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
वालिङ नगरपालिकाको आठौं नगरसभाको बुधबार वालिङमा उद्घाटन गर्नुहुँदै राजनीतिभन्दा माथि उठेर विकास निर्माणका कार्यमा आ–आफ्नो दायित्व सम्झेर जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको हो । अहिलेको विषम परिस्थितिमा सबै दल एकजुट भएर कोरोनो विरुद्धको अभियानमा लाग्नुपर्ने बेला आएको विधायन समिति सभापति रेग्मीले बताउनुभयो ।
.

जनताले राजनीतिक दलमाथि गरेको विश्वासलाई मर्न नदिन र विकास निर्माणसँगै समृद्धिको पाटोलाई उकास्नका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सभापति रेग्मीको जोड थियो । कार्यक्रममा तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयबाट अगाडि बढेको खण्डमा विकास निर्माण तथा योजनाहरुको छनौटमा डुब्लिकेसन नहुने भएकाले यतातर्फ ध्यान दिनुपर्नेमा नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बाध्यता रहेकाले योजनाहरु छनौट गर्दा प्राथमिकताका आधारमा नीति तथा कार्यक्रमहरु बनाईएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…