स्याङ्जामा थपिए १० संक्रमित, जिल्लामा संक्रमितको संख्या १७४ पुग्यो ।

corona update

स्याङ्जा :
स्याङ्जामा आज १० जना कोरोना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नयाँ थपिनेमा वालिङ नगरपालिकाका एक महिला सहित सात जना, चापाकोट नगरपालिकाका एक महिला सहित ३ जना रहेका छन् । चापाकोटका १ संक्रमित वालिङमा नै रहेकाले प्रदेशको गणनामा वालिङमा ८ भनिएको छ ।
यो सँगै स्याङ्जाका १७४ जना संक्रमित मध्ये ५४ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ । जसमा आँधीखोला गाँउपालिकाका एक पुरुष र वालिङ नगरपालिकाका एक पुरुष रहेकाछन् ।
स्वास्थ्य कार्यालयका अनुशार गल्याङका १ संक्रमितको अझै अध्याबधिक गर्न बाँकी रहेको छ ।

गण्डकी प्रदेश : थप ५३ जनामा कोरोना सङ्क्रमण

.

Facebook Comments Box
TOP