गण्डकी प्रदेश : थप ५३ जनामा कोरोना सङ्क्रमण
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ५ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा बाग्लुङका १४ जना,पर्बतका १३ जना, स्याङ्जा र तनहुँका दश दश जना र गोरखाका ६ जना रहेकाछन् ।
संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ४९ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन । आज मात्रै नवलपरासी सुस्तापूर्बबाट १६ जना निको भएकाछन् ।
गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
स्याङ्जामा थपिए १० संक्रमित, जिल्लामा संक्रमितको संख्या १७४ पुग्यो ।
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


