कांग्रेस संसदीयदलका उपनेता श्रेष्ठले भने नीति तथा कार्यक्रम ‘मिँयाे बिनाकाे दाँइ’ जस्तै ।
कास्की : नेपाली कांग्रेस संसदीयदलका उपनेता तथा गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले प्रदेश सभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम रामायण जस्तै भएको बताउनु भएकाे छ । उहाँले भन्नुभयाे, ‘याे सरकारकाे काम गराई र क्रियाकलाप बिना मिँयोको दाँई जस्तै भयो’।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथीको आजको छलफलमा बोल्दै सांसद श्रेष्ठले विश्वनै कोरोनाको महामारीबाट गुज्रिरहेका बेला प्रदेश सरकारले ल्याएको बजेट रामायण जस्तै भएको भन्दै आलोचना गर्नुभएको हो । सरकारले खाली कागज र कार्यक्रममा ठूला गफ दिएपनि कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको बताउनु भयाे ।
श्रेष्ठले अहिले परीक्षण भईरहेको पिसिआर टेष्ट निकै सुुस्त गतिमा भईरहेको भन्दै असन्तुष्टी पोख्नुभयाे । सरकारले पुरा गर्नुपर्ने अत्यावश्यक र समस्या परेका कुराहरुका बारेमा सरकार अल्झिएको भन्दै सरकार चनाखो हुनुपर्नेमा जोड दिनुभयाे । सरकारको काम गराई एकातीर र नीति तथा कार्यक्रम अर्कोतीर भएको बताउनु भयाे ।
उहाँले सरकारको अहिलेको प्रमुख प्राथमिकता जनतालाई कोरोनाबाट कसरी जोगाउने र भाकै नराख्नेप्रति हुनुपर्ने बताउनु भयाे । कृषिमा क्रान्ति ल्याउनुपर्नेमा पुर्णतया सहमति जनाउँदै उहाँले थप्नुभयाे ‘कृषिमा क्रान्ति भन्दै गर्दा मल नपाउने, किटनासक औषधीहरु नपाउने लगायतका थुप्रै समस्याहरु रहेका छन् ।’
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…