सरिता गिरीको सांसद पद पनि चट्, पार्टीको साधारण सदस्यबाट पनि हटाइने

समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ। संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेकाे भन्दै समाजवादीले गिरीलाई हटाउने भएको हो।

लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहनेगरी कार्बाही गर्ने समाजवादीले जनाएको छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP