मुख्यमन्त्रीको नायकी शैली अन्त्य गरौं : सांसद मल्ल

प्रकाश डोटेल/स्याङ्जा :

गण्कडी प्रदेशका सांसद भागवतप्रकाश मल्लले प्रदेश मुख्यमन्त्रीको नायकी शैली अन्त्य गर्न माग गरेका छन् । प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सुझाब दिर्दै सांसद मल्लले नतिजा केहि नआउने तर मुख्यमन्त्री अगाडी पछाडी आसेपासे राखेर अनावश्यक रुपमा जिल्ला दौडाहामा जाने क्रमलाई नायकी शैली भनेर टिप्पणी गरे ।

कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रिएसँगै गण्कडी प्रदेश तथा स्याङ्जाको नाका राम्दीमा सिमा सिल गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् नायकी शैलीमा अनावश्यक खर्च गरेर राम्दी पुगेको घटनालाई जोडेर सांसद मल्ले उक्त टिप्पणी गरेका हुन् ।

प्रदेश सभामा बोल्दै सांसद मल्लले संसद विकास कोषको रकम सांसदलाई नदिएर स्वास्थ्य क्षेत्रमा खर्च गर्न आग्रह गरे । “विश्वभर फैलिएको कोरोनाबाट देश आक्रान्त छ ।” सांसद मल्ले भने, “कोषका नाममा छुट्टाउने बजेट स्वास्थ्य क्षेत्रमा लगाएर कोरोना नियन्त्रणमा खर्च गरौं ।” कोरोनाका कारणले बिदेशबाट बेरोजगार भएर फर्किने युवाहरुलाई रोजगार बनाउने योजना अगाडी ल्याउन प्रदेश सरकारलाई मल्लले सुझाब दिएका छन् ।

स्याङ्जा हनिाशका एक युवा भारतबाट नेपाल आउने क्रममा सिमानामा मृत्यु भएको र भारतबाटै आएका फेदीखोला गाउँपालिकाका एक स्थानीय मृत्यु भएको प्रसंग निकाल्दै सांसद मल्लले मृतकका परिवारलाई राहत दिन समेत उनले माग गरे । कोरोनाबाट आम नागरिकलाई बचाउन र भोकबाट जोगाउन प्रदेश सरकारसँग कुनै योजना समेत नरहेको मल्लले दाबी गरे ।

नीति तथा कार्यक्रम आउनु अघि प्रमुख प्रतिपक्षले दल काँग्रेसका प्रदेश सदस्यहरुले मुख्यमन्त्री भेटन जाँदा अर्थ समितिका सभापति कुमार खड्का माथि भएको दुव्र्यबहार प्रति रोष प्रकट गर्दै सांसद मल्लले प्रस्तुत नीति तथा कार्यक्रममा दुव्र्यबहार सम्बन्धी केहि व्यवस्था नगरिएको नदेखिएको भन्दै व्यग्य गरे । सरकारका मन्त्रीहरुले सरकारले जे गर्छ नीति तथा कार्यक्रम अनुसार हुने दाबि गरिरहेका बेला मल्लले उक्त व्यग्य गरेका हुन् ।

प्रदेश सभामा आक्रामक रुपमा प्रस्तुत भएका सांसद मल्लले विभिन्न आन्दोलनमा शहिद, बेपत्ता र घाईते भएका परिवारलाई रोजगार बनाउने भनेर विनियोजन भएको बजेटले लक्षित गरेका उपलब्ध प्राप्त नहुँदा उनीहरुका परिवारको अपमान गरेको समेत दाबी गरे । सांसद मल्लले सवारी साधन मापदण्ड ऐन बनेपछि विषयगत मन्त्रालय र सम्बन्धित कार्यालय रुट प्रमिटका नाममा लुट मच्चाएको समेत आरोप लगाए ।

Facebook Comments Box
TOP