शीर्ष नेताहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग, भारतले होइन, मैले मागेको हो राजीनामा : दाहाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग औपचारिकरुपमा प्रवेश भएको छ ।
मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
सोमबार मदनजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ‘भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको’ भन्ने अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टीकरण मागेका थिए ।
प्रधानमन्त्री ओलीले स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै भारत आफूलाई हटाउन लागेको दोहोर्याउनुभएको थियो ।
त्यसपछि अध्यक्ष दाहालले ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो’ भन्दै ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नोस्’ भन्नुभएको थियो ।
मंगलबारको बैठक मूलतः प्रधानमन्त्रीको सोमबारको अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको विषयमा पनि बैठकमा छलफल गरिएको जानकारी दिनुभयो ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हुँदा सो विषयमा बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभएको हो ।
झापा निवासी सन्ध्या तिवारीले ‘नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ’ भनी निवेदन दिएकी छन् ।
प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिनुभएको थियो ।
मंगलबारको बैठकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायत १२ नेताले आफ्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी समितिको अर्को बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…