कांग्रेस गण्डकी प्रदेशको माग : १ घर १ पिसिआर

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले मंगलबार मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन पत्र बुझाएको छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोलीले मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीुसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको हो।


तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै ज्ञापनत्रमा कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ।

मृत्युपछि परीक्षण गर्ने प्रक्रियालाई निरुत्साहित गरी देशैभर १ घर १ पिसिआर टेस्टको माग कांग्रेसले गरेको छ ।

डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसियु लगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था गर्न ज्ञापनपत्रमार्फत सुझाव दिइएको ।

दलले नियमित रुपमा सरकारलाई सुझाव र सल्लाह दिँदै आए पनि सरका बोली मात्र रहने आत्मुग्ध भएर स्वप्रंशसामा रमाउने, निर्णय गर्ने तर लागु नगर्ने निर्देशन दिने तर कार्यान्वयन नगर्ने गरेको भन्दै ज्ञापनपत्रमा यसप्रति खेद जनाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक र खेदजनक छ।’

विपदको यो असाधारण परिस्थितिमा कृषकलाई आवश्यक मल, बिउ र प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउन, कृषकको उत्पादनको सहज बजारीकरण वा खरिद गर्ने व्यवस्था गर्न दलले माग गरेको छ ।

उद्योगी व्यवसायीहरुले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋणको व्याजलाई पुनर्तालिकीकरण गरी ब्याज र किस्ता तिर्न सरल र समयावधि बढाउनेतर्फ सकारात्मक सम्बोधन गरियोस,’ ज्ञापन पत्रमा भनिएको छ ।

दलका नेता कृष्णचन्द्र नेपालीले उद्योग र व्यवसायमा सम्बद्ध मजदुरहरुको दैनिक गुजारको माग समेत गरिएको बताए ।

कोभिड-१९ का कारण अति प्रभावित भएको कृषि क्षेत्र, उद्योग व्यवसायलाई जीवित राख्न संघ सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको आग्रह छ ।

ज्ञापनपत्र बुझाउन गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १५ जना सांसद पुगेका थिए । ६० सदस्यीय संसदमा कांग्रस सांसद १५ जना नै हुन् ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्षी दलको सुझाव र सल्लाहलाई ग्रहण गर्दै सरकार अगाडि बढिरहेको बताए । काम गर्ने सिलसिलामा कतिपय अवस्थामा कमजोरी भएको भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । समाधान न्युज डटकमबाट

Facebook Comments Box
TOP