स्याङ्जाको वालिङमा एमसीसीको विरोध

प्रकाश डोटेल/स्याङ्जा:
स्याङ्जाको वालिङ नगरपालिकाका स्थानीय युवाले मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका सामसामयिक घटना क्रमलाई जोडेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज, भ्रष्टाचारीलाई कारवाही, सरिता गिरीलाई कारवाही गर, सचेत नागरिक एक हौं भन्ने जस्ता नारा लेखेरसहित विरोध प्रदर्शन गरेका हुन्
वालिङ नगरपालिका ११ स्थित पर्यटकीय क्षेत्र बाहुनथानमा पुगेर उनीहरुले प्रदर्शन गरेका थिए । बाहुनथानमा राखिएको नेपालको राष्ट्रिय १२ फिट अग्लो झण्डामुनि बसेर युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले नियमित ३÷४ दिनदेखि बिहानको समय बाहुनथामा बसेर विरोध गर्दे आएको जनाए ।
अगाडि र पछाडि राष्ट्रिय झण्डालाई साक्षी राख्दै कुनै पनि संघसंस्था र संगठनमा आवद्ध नभइ एक सच्चा नेपालीका नाताले स्वतःस्फुर्त रुपमा प्रदर्शन गरेको सहभागी मध्येका एक युवा कृष्ण डुम्रेले जानकाी दिए । अमेरिकाको ५० करोड डलर अनुदान सहयोगका नाउँमा नेपालका न्याय कानून सबै मिचिने छन् भन्दै उनीहरुले त्यस्तो हुन दिंदैनौं, एमसीसी पास भएमा नेपाल अफगानिस्तान जस्तो बन्ने दाबी गरे ।
एमसीसी सम्झौता कार्यान्वयनका लागि परियोजना र नेपाल र सरकारबीच भएको सहमति अनुसार असार १६ देखि परियोजना कार्यान्वयन सुरु हुने सहमति गरिएको छ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन सुरु भएको ५ वर्षमा नसकिए बाँकी अनुदान रकम फिर्ता जाने प्रावधान छ । एमसीसी परियोजनामा झन्डै ५५ अर्ब नेपाली रुपैयाँ ऊर्जा र यातायात र पूर्वाधारका क्षेत्रमा खर्च गरिने सहमति छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…