कुखुरा खान खोरमा पसेको चितुवा आफै पर्यो खोरमा ।

leopard khor ma


आँधीखोला खबर :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्वर ४ का रमाकान्त चापागाँईले पालेका कुखुरा खान खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिईएको छ ।
कुखुरा खान खोरमा पसेको चितुवालाई खोर बन्द गरी नियन्त्रणमा लिईएको वन अधिकृत राजेन्द्र शर्माले जानकारी दिनुभयो । शुक्रवार राति कुखुराहरु एकाएक सल्वलाउन थालेपछि चापागाँईको परिवार न्याउरी मुसा होला भन्दै खोरमा हेर्न गएका थिए । खोरमा हेर्दा चितुवा देखे पछि परिवारका सदस्यहरु मिलि फलेक लगायतका सामाग्री प्रयोग गरि चितुवालार्ई खोर भित्रै थुनेका थिए । चितुवालाई खोर भित्रै नियन्त्रण गर्न खोज्दा चापागाँईका छोराको खुट्टा समेत भाँचिएको बन अधिकृत शर्माले बताउनु भयो ।
राती नै चितुवा खोरमा रहेको जानकारी पाएको बन कार्यालयले शनिवार कार्यालयबाट लगिएको फलामको खोरमा हाली सुरक्षित तरिकाले राखिएको जिल्ला वन अधिकृत कोमलराज शर्माले जानकारी दिनुभयो ।
नजिकैको बनबाट चितुवा आएको हुन सक्ने परिवारको भनाई छ । बन कार्यालयले एक दुई दिनमा उपयुक्त ठाँउमा चितुवालाई छाडिने जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP