पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्धारा स्याङजा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

Gopalman Makhamali shr

भवानी अधिकारी/स्याङजा :
बढ्दो कोरोना संक्रमणलाई न्यूनिकरण गर्न सेनीटाइजर र सर्जिकल मास्कको प्रयोग प्रभावकारि देखिएपछि स्याङजाका अग्रज नेता एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङजाका सबै क्षेत्र समेटिनेगरी क्रमश: स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आउनु भएको छ ।
नेपाली कांग्रेसका संगठन बिभाग प्रमुख एवं पुर्ब उपप्रधानमन्त्री गोपालमानले स्याङ्जा जिल्ला अस्पताललाई सेनिटाइजर र सर्जिकल मास्क उपलब्ध गराउनुभएको छ ।
कांग्रेस नेता श्रेष्ठद्धारा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री नेपाल महिला संघका पूर्व सभापति एवं महिलानेत्री मखमली श्रेष्ठ, जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेलले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा र अस्पतालका प्रमुख डा. सुशिल मरासीनीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि स्कुल अफ डेमोक्रेसी स्याङ्जाको अध्यक्ष अनुप श्रेष्ठ वडा सदस्यहरु बिष्णु श्रेष्ठ र अनिता रुचाल, कांग्रेसका पुर्ब वडासभापति कृष्णमान श्रेष्ठ लगायतको सहभागिता थियो ।
बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएकोमा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई धन्यवाद दिदै अस्पतालमा उपलब्ध सामाग्रीको उपयोग गर्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शर्माले बताउनुभयो ।
अग्रभागमा रहेर रातोदिन खटिने डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी स्वस्थ्य रहे मात्र हामी सबै स्वस्थ्य हुने जनाउदै पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्धारा उपलब्ध गराइएका स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको नेता द्धय श्रेष्ठ र पोखरेलको भनाई छ ।
यसअघि पनि नेता श्रेष्ठले जिल्लाका ११ वटै स्थानीय पालिकाका लागि सेनीटाइजर र सर्जिकल मास्क उपलब्ध गराइसक्नु भएको छ ।
स्याङजाका अग्रज नेता श्रेष्ठद्धारा उपलब्ध गराइएका स्वास्थ्य सामाग्री सम्बन्धित पालिकाका नेपाली कांग्रेसका सभापतिहरु मार्फत सम्बन्धित पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएका थिए ।

Facebook Comments Box
TOP