पुर्ब उपप्रधानमन्त्री श्रेष्ठद्धारा पुतलीबजारलाई स्वास्थ्य सामाग्री प्रदान ।
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।
कोरोना भाइरसको महामारीबाट जोगिन र जोगाउन अग्रपंक्तिमा रही अहोरात्र खटिने स्वास्थकर्मी र सुरक्षाकर्मीलाई लक्षित गर्दै पुतलीबजार नगरपालिलाई मास्क र सेनीटाइजर उपलब्ध गराउनुभएको हो ।
नेता श्रेष्ठद्धारा उपलब्ध गराइएका ती सामाग्री नेपाली कांग्रेस पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगाको नेतृत्वमा, जिल्ला सदस्य उत्तमप्रसाद श्रेष्ठ र वडा सदस्य बिष्णुप्रसाद श्रेष्ठ सहितको टोलीले नगर प्रमुख सीमा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
नेता श्रेष्ठले ३ हजार थान मास्क र १ सय ६० वटा सेनीटाईजरगरी करिब ५० हजार मुल्य बरावरका सामाग्री उपलब्ध गराउनुभएको नगरसभापति दोरंगााले जानकारी दिनुभयो ।
।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


