गण्डकी प्रदेश : थप ३२ जना संक्रमित थपिए, संक्रमितको संख्या ७२९ पुग्यो ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ३२ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीका ८ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । स्याङ्जाका ७ जना,गोरखाका १ जना,नवलपरासी सुस्तापूर्बमा ३ जना,लमजुङका ५ जना, पर्बतका १ जना,कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना रहेकाछन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ७२९ मध्ये ७० जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
यसअघि हिजो साँझ १०४ जना नयाँ संक्रमित थपिएका थिए ।
- स्याङ्जामा थपिए ७ जना संक्रमित,संक्रमितको संख्या १२७ पुग्यो
- स्याङजाका १३ सहित गण्डकीमा थपिए १०४ संक्रमित, जिल्ला स्वास्थ्य र प्रदेश कै तथ्याङ्क फरक
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


