स्याङजाका १३ सहित गण्डकीमा थपिए १०४ संक्रमित, जिल्ला स्वास्थ्य र प्रदेश कै तथ्याङ्क फरक
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा १०४ जना मा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ६९७ पुगेको हो ।
गण्डकीका ७ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । स्याङ्जाका १३ जना,गोरखाका १८ जना,नवलपरासी सुस्तापूर्बमा ३८ जना,पर्बतका २१ जना,कास्कीका ७ जना, बाग्लुङका ६ जना र तनहुँका १ जना रहेकाछन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ६९७ मध्ये ७० जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
जिल्ला स्वास्थ्य र प्रदेश कै तथ्याङ्क फरक फरक :
प्रदेश स्वास्थ्य निर्देशनालयकाे सूचना अनुशार स्याङजाका नयाँ थपिएका संक्रमितहरुमा चापाकोटका १ महिला सहित ५ जना,गल्याङका ३ जना,वालिङका २ जना, कालिगण्डकीका २ जना र भीरकोटका १ जना रहेकाछन् ।
तर स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै प्रहरीले पठाएको बिबरणमा भने २२ जना थप भएको उल्लेख छ । प्रहरीका अनुशार १२८ जना भएको देखिन्छ तर प्रदेशको पछिल्लो बिबरण अनुशार १२० जना संक्रमित भएको उल्लेखछ । जसले गर्दा अन्याेलता बढाएकाे छ ।
।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


