स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थपिए ३७ जना, संक्रमितकाे संख्या १८८ पुग्यो
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार बिहान प्रदेशको स्वास्थ्य निर्देशनालयले विभिन्न ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार शुक्रवार बिहान सबैभन्दा धेरै स्याङ्जामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
यस्तै पर्वतका १३ जना, तनहुँको १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीका १८८ जना संक्रमित मध्ये १० जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


