गण्डकी प्रदेशमा थपिए १४ जना संक्रमित, प्रदेशभर ७६७ पुगे संक्रमित

तनहुँको म्याग्दे गाउँपालिकामा ९ जनासहित गण्डकी प्रदेशमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरको विनय त्रिवेणी गाउँपालिकामा ५ पनि कोरोना पुष्टि भएको छ ।
तनहुँको म्याग्दे गापाका ७ जना पुरुष र २ जना महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयेा ।
उनीहरु सबैलाई आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे उहाँले बताउनु भयाे ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । प्रदेशका संक्रमितमध्ये ९१ जना निको भई घर फर्केका छन् ।
- गएराती मृत्यु भएका संक्रमित स्याङ्जाका पुरुषको कुनै ट्राभल हिस्ट्री छैन, उनी व्यापारी थिए ।
- कोरोनाबाट मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापनमा स्थानियकाे बिराेध, ८ राउण्ड हवाई फायर
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…