गण्डकी प्रदेश : थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २०५ पुगे
स्याङ्जा :
गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २०५ पुगेको हो ।
तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुलाई तनहुँकै जिपी कोईराला श्वास प्रश्वास केन्द्रको आईसोलेसनमा ल्याउने तयारी भएको छ ।
त्यस्तै नवलपरासी सुस्ता पूर्बको बौदिकाली गाँउपालिकाका एक पुरुषमा संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २०५ मध्ये २० जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
हिजो मात्रै स्याङजाका ४ जना कोरोना मुक्त भएर घर गएकाछन् ।
वालिङ नगरपालिकाले सम्मान गरेर घर पठायो कोरोना मुक्त भएका थप ४ जनालाई
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


