गण्डकी प्रदेश : थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २०५ पुगे


स्याङ्जा :
गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २०५ पुगेको हो ।
तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुलाई तनहुँकै जिपी कोईराला श्वास प्रश्वास केन्द्रको आईसोलेसनमा ल्याउने तयारी भएको छ ।
त्यस्तै नवलपरासी सुस्ता पूर्बको बौदिकाली गाँउपालिकाका एक पुरुषमा संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २०५ मध्ये २० जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
हिजो मात्रै स्याङजाका ४ जना कोरोना मुक्त भएर घर गएकाछन्

वालिङ नगरपालिकाले सम्मान गरेर घर पठायो कोरोना मुक्त भएका थप ४ जनालाई

.

Facebook Comments Box
TOP