लकडाउनका कारण सिमा नाकामा नै ज्यान गुमाए स्याङ्जाका देव बहादुर ।

स्याङ्जा :
स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्वर २ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको नेपाल फर्किने क्रममा भारतको नौतनवामा निधन भयो ।
कोरोना भाईरस कोभिड– १९ का कारण भारतमा रोजगारी गुमेपछि नेपाल आउन खोज्दा दुवै देशमा ‘लकडाउन’ चलिरहेको थियो ।
उनी हिँडेरै नेपाल आउने प्रयासमा थिए, तर सीमा बन्द भएकाले नेपाल प्रवेश पाएनन । उनलाई सीमापारि नै नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्यारेन्टाइनमा राखियो ।
बाँचे आफ्नो परिवारसँगै बस्ने, मरेपनि आफ्नै देशमा मर्ने संकल्प गरेर यात्रा तय गरेका उनको जेठ १० गते क्वारेन्टाइनमै मृत्यु भयो । श्वास छँदा सम्म नेपाल टेक्न पनि पाएनन ३५ बर्षीय देब बहादुर ।
थापाको मृत्युपछि कोभिड– १९ परीक्षणको नतिजा नेगेटिभ आयो । कोरोना संक्रमण भएको नपाईए पछि शव परिवारको जिम्मा लगाइयो । परिवारका सदस्यले नेपाल मै ल्याएर अन्तिम संस्कार गरे । सुनौलीबाट नौतनवा सम्म एम्वुलेन्स पठाएर सोही एम्बुलेन्समा नै तनहुँको दुलेगांडामा ल्याई थापाको अन्तिम संस्कार गरिएको हो । दुलेगौडा उनको परिवारको अन्तिम संस्कार गर्ने ठाँउ भएको स्थानीय टोप भुजेलले बताउनु भयो ।
अर्कैका देशमा क्वारेन्टाइनमा बिरामी हुँदा पनि उपचार नपाएर मृत्यु भएको आमा देवीमाया थापाको गुनाशो छ । उहाँले रुँदै भन्नुभयो, ‘कतारमा ४ वर्ष बसेर गएको मंसिरमा छोरो घरमा आएको थियो, त्यसपछि माघमा भारतको अलिगढ कामको खोजीमा गएको थियो ।
यो महामारीले काम गुमेपछि घर आएर तरकारी खेती गर्ने सोच छ भन्दै थियो, तर घर आइपुग्नै पाएन ।’ आमाले भन्नुभयो ।
देवबहादुरका श्रीमती र दुई छोरी छन । अब उनीहरूको पनि बिचल्ली भएको छ । श्रीमतीको अर्धचेत अवस्थामा नै छन् भने आमा तथा बुवाको अवस्था पनि अत्यन्तै पीडा दायी छ ।
बिदेशमा रहेका नेपालीहरुलाई सरकारले बेलैमा स्वदेश ल्याउने बातावरण बनाएको भए थापा नेपालमा जीवितै आउन पाउने थिए भन्छन् उनको परिवार ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…