वालिङ : कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आजसम्म रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा जिन्सी गरी रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राहत कोषमा नगद २९ लाख ८३ हजार ३ सय ९५ र खाद्यान्न तथा जिन्सी १० लाख ५९ हजार ८ सय १५ गरी कूल रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको हो ।

.

कोषमा कडेल गाउँ आमा समूह वालिङ ८ द्वारा १२ हजार, कटौंजे आमा समूह वालिङ ८ द्वारा १२ हजार ५ सय, सुर्कौदी आमा समूह वालिङ ९ द्वारा १० हजार ५, जगतबहादुर विक कुवेतबाट ५ हजार, दीर्घनारायण सुबेदीबाट ५ हजार ४ सय ५४, सविता पंगेनी वालिङ ९ बाट ५ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था वालिङ शाखाबाट २५ हजार बराबरको खाद्यान्न, नमूना फूलबारी वालिङ शाखाबाट १५ हजार सहयोग प्राप्त भएको हो ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP