गण्डकी प्रदेशका कुन जिल्लामा कति काेराेना संक्रमित ?
गण्डकी प्रदेशका ११ जिल्लामा कोभिड १९ बाट सङ्क्रमितको कुल सङ्ख्या ७ सय ६७ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअनुसार बुधबारसम्म ७ सय ४२ जना सङ्क्रमित रहेकोमा बिहीबार नयाँ २५ जनामा सङ्क्रमणको पुष्टि भएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ सय ८९ जना रहेका छन् भने सबैभन्दा थोरै हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा १/१ जना रहेका छन्।
यस्तै बागलुङमा १ सय ४२,स्याङ्जामा १ सय ३५, तनहुँमा १ सय,गोरखामा ७२,पर्वतमा ६८,कास्कीमा ३४,म्याग्दीमा १४ र लमजुङमा ११ जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ। प्रदेशभरमा कोरोनालाई जितेर घर फर्किएकाहरूको सङ्ख्या ९१ रहेको छ भने आइसोलेसनमा ६ सय ७४ जना रहेका छन्।
प्रदेशमा हालसम्म कोरोना पोजेटिभ रहेका २ जनाको मृत्यु भएको छ। स्याङ्जा जिल्ला घर भएका उनीहरूको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। (साँझ ७ बजे सम्मको)
- गएराती मृत्यु भएका संक्रमित स्याङ्जाका पुरुषको कुनै ट्राभल हिस्ट्री छैन, उनी व्यापारी थिए ।
- कोरोनाबाट मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापनमा स्थानियकाे बिराेध, ८ राउण्ड हवाई फायर
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


