गण्डकी प्रदेशका कुन जिल्लामा कति काेराेना संक्रमित ?

Gandaki_Pradesh

गण्डकी प्रदेशका ११ जिल्लामा कोभिड १९ बाट सङ्क्रमितको कुल सङ्ख्या ७ सय ६७ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअनुसार बुधबारसम्म ७ सय ४२ जना सङ्क्रमित रहेकोमा बिहीबार नयाँ २५ जनामा सङ्क्रमणको पुष्टि भएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ सय ८९ जना रहेका छन् भने सबैभन्दा थोरै हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा १/१ जना रहेका छन्।

यस्तै बागलुङमा १ सय ४२,स्याङ्जामा १ सय ३५, तनहुँमा १ सय,गोरखामा ७२,पर्वतमा ६८,कास्कीमा ३४,म्याग्दीमा १४ र लमजुङमा ११ जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ।  प्रदेशभरमा कोरोनालाई जितेर घर फर्किएकाहरूको सङ्ख्या ९१ रहेको छ भने आइसोलेसनमा ६ सय ७४ जना रहेका छन्।

प्रदेशमा हालसम्म कोरोना पोजेटिभ रहेका २ जनाको मृत्यु भएको छ। स्याङ्जा जिल्ला घर भएका उनीहरूको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।  (साँझ ७ बजे सम्मको)

.

Facebook Comments Box
TOP