स्याङ्जाका ५ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा कास्की र स्याङ्जामा पाँच पाँच जना र नवलपरासी सुस्ता पूर्वका ६ जना रहेकाछन् । संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ५४ मध्ये १२१ जना निको भएर घर फर्किएका छन । सङ्क्रमित २ जनाको ज्यान गएको छ ।
यसअघि आज बिहान मात्रै ३२ जना नयाँ संक्रमित थपिएका थिए ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


