स्याङ्जा वालिङमा फेरि भेटियो डमरु
भवानी अधिकारी
वालिङ नगरपालिका ८ भिमटारीमा बाघको बच्चा डमरु भेटिएको प्रहरीले जनाएको छ । कुकुरले लखेट्दै गरेको अवस्थामा डमरु भेटिएको हो ।
भिमटारी स्थित खुमबहादुर क्षेत्रीको घर नजिकै रहेको जंगलबाट कुकुरले लखेट्दै घरतर्फ ल्याँउदै गरेको समयमा स्थानीयको खवरपछि प्रहरीले डमरुलाई नियन्त्रणमा लिएको हो । अहिले डमरु वडा प्रहरी कार्यालय वालिङमा राखिएको र इलाका बन कार्यालयलाई खवर भैसकेको जनाइएको छ ।
कार्यालयमा रहेको डमरुलाई वन कार्यालय अथवा इलाका बन कार्यालयमा बुझाउने तयारी भैरहेको प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो । झण्डै एक महिनाअघि पनि पनि वालिङमै चरिबाघको बच्चा डमरु भेटिएको थियो
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


