वालिङका माछापालक कृषकलाई माछाका भुरा वितरण
तोलाकान्त बगाले/वालिङ :
यहाँका माछापालक कृषकलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्र स्याङ्जाको सहयोगमा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा वालिङ नगरस्थित ८ जना माछापालक कृषकलाई अनुदानमा १४ हजार कमन कार्प जातका माछाका भुरा वितरण गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।
पशु शाखाले नगरस्थित ब्यवसायिक फर्महरुलाई मागका आधारमा अनुदानमा माछाका भुरा अनुदान दिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
.

“नगरस्थित माछापालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउनुभएका फर्महरुलाई उहाँहरुको मागका आधारमा अनुदानमा माछाका भुरा उपलब्ध गराएका छौं” शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले लकडाउनका समयमा माछाका भुराहरु ल्याउन समस्या हुने गरेकाले पनि पशु शाखाले समन्वयात्मक भूमिका खेल्दै ब्यवसायिकतातर्फ उन्मुख गरेका हौं ।”
पशु विकास शाखामार्फत वालिङ ७ केवरेमा रहेको तमु बोनिजम कृषि पशु तथा मत्स्यपालन फर्मलाई दुई हजार, अर्बान कृषि फर्म वालिङ ८ लाई दुई हजार, आँधीखोला शहर माछापालन उद्योग वालिङ ११ लाई पाँच हजार, घ्वाङखोला शिव पार्वती मन्दिर तथा पार्कलाई एक हजार, सम्भव कृषि फर्म वालिङ ११ लाई एक हजार, आँधीखोला एग्रोफर्म वालिङ ९ लाई दुई हजार र रोहित कृषि तथा पशुपालन फर्म वालिङ ४ लाई एक हजार गरी कूल चौध हजार कमन कार्प जातका माछाका भुरा अनुदान वितरण गरेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


