वालिङका माछापालक कृषकलाई माछाका भुरा वितरण

तोलाकान्त बगाले/वालिङ :
यहाँका माछापालक कृषकलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्र स्याङ्जाको सहयोगमा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा वालिङ नगरस्थित ८ जना माछापालक कृषकलाई अनुदानमा १४ हजार कमन कार्प जातका माछाका भुरा वितरण गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।
पशु शाखाले नगरस्थित ब्यवसायिक फर्महरुलाई मागका आधारमा अनुदानमा माछाका भुरा अनुदान दिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
.

“नगरस्थित माछापालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउनुभएका फर्महरुलाई उहाँहरुको मागका आधारमा अनुदानमा माछाका भुरा उपलब्ध गराएका छौं” शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले लकडाउनका समयमा माछाका भुराहरु ल्याउन समस्या हुने गरेकाले पनि पशु शाखाले समन्वयात्मक भूमिका खेल्दै ब्यवसायिकतातर्फ उन्मुख गरेका हौं ।”
पशु विकास शाखामार्फत वालिङ ७ केवरेमा रहेको तमु बोनिजम कृषि पशु तथा मत्स्यपालन फर्मलाई दुई हजार, अर्बान कृषि फर्म वालिङ ८ लाई दुई हजार, आँधीखोला शहर माछापालन उद्योग वालिङ ११ लाई पाँच हजार, घ्वाङखोला शिव पार्वती मन्दिर तथा पार्कलाई एक हजार, सम्भव कृषि फर्म वालिङ ११ लाई एक हजार, आँधीखोला एग्रोफर्म वालिङ ९ लाई दुई हजार र रोहित कृषि तथा पशुपालन फर्म वालिङ ४ लाई एक हजार गरी कूल चौध हजार कमन कार्प जातका माछाका भुरा अनुदान वितरण गरेको हो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…