वालिङ : कोभिड १९ राहत कोषमा ३९ लाख ५३ हजार संकलन
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा बिहीबारसम्म ३९ लाख ५३ हजार ४ सय ६२ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा जिन्सी गरी रु. ३९ लाख ५३ हजार ४ सय ६२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको राहत कोषमा पतंजलि आयूर्वेद केन्द्र नेपालद्वारा १ लाख ८ हजार बराबरको खाद्यान्न तथा साबुन, रणबहादुर विश्वकर्मा वालिङ ९ बाट १५ हजार, दिपेन्द्र अर्यालय वालिङ १ बाट ३ हजार ३ सय ३३, पूर्णिमा यूवा परिवार वालिङ ३ रानीस्वाँराबाट २२ हजार,
लोकनाथ बगाले वालिङ ८ बाट ३ हजार ७२, वालिङ नगरपालिकाका आईटी ईञ्जिनियर प्रकाश अर्यालबाट १० हजार ५०, जीवन अर्याल गल्याङ ८ बाट ५ हजारसहित नगरपालिकाको राहत कोषमा बिहीबारसम्म नगद २९ लाख, १८ हजार ६ सय ४७ र जिन्सी १० लाख ३४ हजार ८ सय १५ गरी कूल रु. ३९ लाख ५३ हजार ४ सय ६२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


