वालिङ नगरपालिका जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु
वालिङ :
नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ ।
आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचको रूपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनु भएकाे छ ।
नगरभित्रका वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी व्यावसायिक कृषकहरु उत्पादनमा संलग्न हुँदै लकडाउनका कारण परेको असर, महामारी, दैवी विपत्ति र अन्य विपद्का कारणले पेशा व्यवसायबाट नै विस्थापित हुन नदिन वालिङस्थित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख खाँणले बताउनु भयाे ।
“नगरभित्रका व्यवसायीलाई व्यवसाय सञ्चालनलाई आर्थिक अभाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ”, नगरप्रमुख खाँणले भन्नुभयाे, “सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थामा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋण उपलब्ध गराउँछौँ, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै व्यवसायीले ऋण प्राप्त गरिसकेको छ ।”निश्चित समयका लागि ऋण उपलब्ध गराएको नगरप्रमुख खाँणले बताउनु भयाे । रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


