वालिङ नगरपालिका जमानी बसेर बैंकमार्फत ऋण दिन शुरु

वालिङ :
नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ ।
आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचको रूपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनु भएकाे छ ।
नगरभित्रका वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी व्यावसायिक कृषकहरु उत्पादनमा संलग्न हुँदै लकडाउनका कारण परेको असर, महामारी, दैवी विपत्ति र अन्य विपद्का कारणले पेशा व्यवसायबाट नै विस्थापित हुन नदिन वालिङस्थित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख खाँणले बताउनु भयाे ।
“नगरभित्रका व्यवसायीलाई व्यवसाय सञ्चालनलाई आर्थिक अभाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ”, नगरप्रमुख खाँणले भन्नुभयाे, “सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थामा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋण उपलब्ध गराउँछौँ, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै व्यवसायीले ऋण प्राप्त गरिसकेको छ ।”निश्चित समयका लागि ऋण उपलब्ध गराएको नगरप्रमुख खाँणले बताउनु भयाे । रासस
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…