तरुण दल स्याङजाले सदरमुकाममा राख्यो खुट्टाद्धारा चलाउन मिल्ने हात धुने मेशिन
भवानी अधिकारी/स्याङजा :
नेपाल तरूण दल स्याङ्जाले सदरमुकाम स्थित शहिदचोकमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन राखेको छ ।
कोरोना महामारी बिरूद्धको अभियानमा हातेमालो गर्ने उदेश्यले नेपाल तरूण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङ्जाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार नेपाल तरूण दल पुतलीबजार नगर कार्यसमितिको पहलमा उक्त मेसिन राखिएको हो।
मेसिनको दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन उपलब्ध हुन्छ । प्रयोग गर्न अत्यन्तै सजिलो तरिका रहेको मेसिनको डिजाइन नेबिसंघका नेता ईन्जिनियर अनुप श्रेष्ठले गर्नुभएको हो । स्याङ्जा युनिभर्सल मेटल ईन्डस्ट्रिजले तयार पारेको हो।
मेसिनकाृ उदघाटन गर्दै काग्रेसका कार्यवाहक सभापति कुमार रानाले यसको प्रयोग, संरक्षण र निरन्तरतामा सबैले सहयोग गर्नु पर्ने बताउदै यस्ता खालका मेशिनलाई सबै सार्वजनिक स्थलमा राख्नु पर्नेमा जोड दिनुभयो ।
.

कार्यक्रममा महासमिति सदस्य हिरादेबि शर्मा, वडाध्यक्ष निर्मल शेरचन, मुस्लिम संघ गण्डकी प्रदेशका अध्यक्ष शाह मोहम्मद, तरूण दल स्याङ्जाका सदस्य सुरेन्द्र ढकाल, बिद्यार्थी नेता एवं इन्जिनियर. अनुप श्रेष्ठ, महिला नेतृ सुनिता पौडेल, तरूण नेता अनुवर अली लगायतले कोरोना भाइरस न्यूनिकरणमा मेशिनको उपयोगिता धेरै हुनेमा जोड दिनुभयो ।
तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के.सी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तरूण दल पुतलीबजारका उपाध्यक्ष महादेब श्रेष्ठले गर्नुभएको थियो ।
सदरमुकाम एवं पुतलीबजार नगरपालिकाको मुख्य बजार एवं ब्यस्त चोकमा राखिएको यस्ता मेशिनवाट धेरै ब्यक्तिहरु लाभान्तिव हुनेछन । यहा नजिकै रहेका जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, मन्दिर, मजिस्द, गुम्बा, साइराम धाम, बिभिन्न सरकारी तथा गैरसरकारी आवासिय गृह, वडा कार्यालय, बैक तथा बित्तिय संस्थाहरू, मेडिकलमा आउने जाने, पैदलयात्री, सेवाग्राही लगायतले प्रयोग गर्न सक्नेछन भन्ने अनुमान गरिएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


