सिमा नाकामा कडाई गर्न तरुणदलको माग

आँधीखोला खबर :
नेपाल तरुण दल आँधीखोला गाँउपालिकाले नाकाहरुमा कडाई गर्न माग गरेको छ । आज गाउँपालिकालाई ध्यानाकर्षपत्र बुझाउदै तरुणदलले सुरक्षा कडा पार्न, स्वास्थ्य चेकजाँच गर्न हरेक वडामा क्वारेन्टाईनको व्यवस्था गर्न माग गरेको हो ।
कोरोनाको जोखिम पालिका प्रवेश गर्ने नाकामा देखिएको भन्दै कडाई गर्न माग सहितको ज्ञापन पत्र गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेललाई तरुण दलका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर गुरुङले पत्र बुझाउनु भएको हो ।
ध्यानाकर्षण पत्रमा, “भारतमा रहेका नेपालीहरु नागडाँडाबाट आँधीखोला गाउँपालिकाको मुल सडक हुँदै पर्वत, बाग्लुङ, बेनिसम्म पैदल यात्रा गर्नेहरु दिनानुदिन बढिरहेको तथा यो क्रम अझै बृद्धि हुने देखिएकोले यसबाट कोरोना संक्रमणको जोखिम महशुस गरिएको छ । यस्ता गतिविधिलाई रोक्न गाउँपालिकाको प्रवेश नाकामा चेकजाँचमा कडाई वडामा कम्तीमा २०/२० जनाको क्वारेनटाईनको व्यवस्था गर्नुका साथै राहत वितरण प्रभावकारी र पारदर्शी ढंगले गर्न समेत अनुरोध गरिएको छ ।”

.

ज्ञापन पत्र बुझाउने क्रममा गाउँपालिकाका कागे्रसका सभापति नारायण प्रसाद पौडेल, पालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार प्रदीप पौडेल, नेपाल तरुण दल जिल्ला सदस्य गणेश सुबेदी, नेविसंघ केन्द्रीय सदस्य दिपेन्द्र खड्का, शिक्षक संघ अध्यक्ष दिपक सापकोटा तथा दिलीप सापकोटा, अनिल ढकाल, मनोज लामिछाने, गोमानसिंह नेपालीलगायतको सहभागिता थियो ।

.

Facebook Comments Box
TOP