विदेशबाट नेपाली ल्याउन ‘फोकल पर्सन’ तोकिए,गण्डकीमा मन्त्री पद्मा अर्याल

काठमाडौं : सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ ।
प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ तोकेको जनाइएको छ ।
उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने जनाइएको छ । विभिन्न देशबाट तत्काल ६ लाख बढी नेपालीहरु फर्कनसक्ने आँकलन गरिएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…