सरकारले विस्तावरवादीहरुलाई सघाउने हो भने हामी सर्घषमा उत्रन वाध्य हुन्छौ : नेविसंघ

काठमाडौं : नेपालको भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उद्घाटन गर्दा पनि सरकार चुप बसेको नेविसंघले आरोप लगाएको छ। चुनावका बेला राष्ट्रियताको नारा दिएको सरकारको अहिलेको प्रवृत्ति लम्पसारवादी भएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शनिबार निकालेको विज्ञप्तिमा उल्लेख छ। हामीलाई संकटको वेलामा महासंकट वेहोर्नु परेको छ , नेपाली भुमी अतिक्रमीत भएको छ , नेपालको भुमीमा सडक विस्तार हुदा समेत सरकार वेखवर रही मौन समर्थन जनाउनुले नेपाल ठुलो षडयन्त्रको सिकार हुदैछ , आफ्नो भुमीको सुरक्षार्थ यो सरकारले कुनै पर्यत्न नगरी विस्तारवादीहरुलाई सघाउने हो भने यो संकटको वेलामा पनी सर्घषमा उत्रन वाध्य हुने नेविसंघ महामन्त्री दिपक भटराईले चेतावनी दीनु भएको छ ।

नेपाली भुभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नक्सामा राख्ने र अतिक्रमण गर्ने कहिले नेपाली भुमिबाट चीनसम्मको सडक तवाघाट लिपुलेक निर्माण र उद्घाटन गर्ने कहिले सिमामा अतिक्रमण र अत्याचार भइरहने अनि हाम्रा राष्ट्रवादी सत्ताधारीहरू चुपचाप रहिरहने यो कहिलेसम्म हामीलाई कदापि स्वीकार्य छैन, नेविसंघका महामन्त्री युवराज पाण्डेले भन्नुभयो । भारत, चीन या अरु कसैको पनि हेपाइ अनि मिचाई भईरहेको छ, आन्दोलनमा उत्रिन बाध्य छौँ, कोरोना विरुद्धको लडाइँसंगै आन्दोलनमा उत्रन्छौं। आन्दोलनमा उत्रिएका विद्यार्थीमाथी गरिएको ज्यादती विरुद्ध नेविसंघले घोर भर्सना समेत गरेको छ । सबलपोष्ट

Facebook Comments Box
TOP